एम्बुलेन्समा ल्याउँदै गरेको सय किलो गाँजासहित दुई जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ ११ गते १४:४२

सुनसरी । जिल्लाको धरान उपमहानगरपालिका २ स्थित सडकबाट एम्बुलेन्समा ल्याउँदै गरेको सय किलो अवैध लागु औषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
सोमबार साँझ प्रहरीले एम्बुलेन्स चालक धरान उपमहानगरपालिका १५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका ११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका १ घर भएका २८ वर्षीय पोशन राईलाई पक्राउ गरेका हुन् ।
धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा पछाडिको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजासहित फेला पारेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका उनीहरुविरुद्ध लागु औषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय धरानले जनाएको छ ।
सम्बन्धित









मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया