ओली इतिहासकै अनुदार प्रधानमन्त्री : पूर्व सभामुखहरू

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरूसँग बैठक बसेका छन् । संसद भवन नयाँ भानेश्वरमा बसेको बैठकमा पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, कृष्णबहादुर महरा र ओमसरी घर्ती मगर सहभागी भएका छन् ।
बैठकमा पूर्व सभामुख रानाभाट भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए । यस्तै पूर्व सभामुखहरू दमननाथ ढुंगाना र सुवास नेम्वाङ भने उपस्थित भएनन् ।
पूर्व सभामुखहरूले प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति अनुदार रहेको निष्कर्ष निकालेको छ । ओली संसद्प्रति इतिहासमा नै अनुदार प्रधानमन्त्री भएको टिप्पणी गरेका हुन् ।
कोरोना महामारी रोक्न सरकारले अन्य दलहरूसँग समन्वय गर्नु पर्नेमा चुनावको घोषणा गरेर अलोकतान्त्रिक चरित्र देखाएको उनीहरूको टिप्पणी छ । आन्दोलन र संघर्षबाट प्राप्त व्यवस्था तहसनहस पार्न लागेकाले त्यसलाई जोगाउनु अहिलेको मुख्य कार्यभार रहेको पूर्व सभामुखहरुको भनाई छ ।
सभामुख र पूर्व सभामुखहरूको बैठकको कुनै औचित्य नभएकाले आफू अनुपस्थित भएको पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले बताएका छन् । उनले भने, ‘त्यो बैठकको कुनै अर्थ छैन, त्यसैले म गइनँ ।’
यसअघि सापकोटाले प्रतिनिधिसभाको विघटनसँगै कानुन व्यवसायी र राजनीति दलका शीर्ष नेतासँग छलफल गरेका थिए ।
सापकोटाले पहिलोपटक पुस ५ गते प्रतिनिधि सभाको विघटन हुँदा यसैगरी छलफल गरेका थिए । उनले प्रतिनिधिसभाको विघटनको विरोध गर्दै आएका छन् ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया