ओली इतिहासकै अनुदार प्रधानमन्त्री : पूर्व सभामुखहरू

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरूसँग बैठक बसेका छन् । संसद भवन नयाँ भानेश्वरमा बसेको बैठकमा पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, कृष्णबहादुर महरा र ओमसरी घर्ती मगर सहभागी भएका छन् ।
बैठकमा पूर्व सभामुख रानाभाट भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए । यस्तै पूर्व सभामुखहरू दमननाथ ढुंगाना र सुवास नेम्वाङ भने उपस्थित भएनन् ।
पूर्व सभामुखहरूले प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति अनुदार रहेको निष्कर्ष निकालेको छ । ओली संसद्प्रति इतिहासमा नै अनुदार प्रधानमन्त्री भएको टिप्पणी गरेका हुन् ।
कोरोना महामारी रोक्न सरकारले अन्य दलहरूसँग समन्वय गर्नु पर्नेमा चुनावको घोषणा गरेर अलोकतान्त्रिक चरित्र देखाएको उनीहरूको टिप्पणी छ । आन्दोलन र संघर्षबाट प्राप्त व्यवस्था तहसनहस पार्न लागेकाले त्यसलाई जोगाउनु अहिलेको मुख्य कार्यभार रहेको पूर्व सभामुखहरुको भनाई छ ।
सभामुख र पूर्व सभामुखहरूको बैठकको कुनै औचित्य नभएकाले आफू अनुपस्थित भएको पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले बताएका छन् । उनले भने, ‘त्यो बैठकको कुनै अर्थ छैन, त्यसैले म गइनँ ।’
यसअघि सापकोटाले प्रतिनिधिसभाको विघटनसँगै कानुन व्यवसायी र राजनीति दलका शीर्ष नेतासँग छलफल गरेका थिए ।
सापकोटाले पहिलोपटक पुस ५ गते प्रतिनिधि सभाको विघटन हुँदा यसैगरी छलफल गरेका थिए । उनले प्रतिनिधिसभाको विघटनको विरोध गर्दै आएका छन् ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया