हर्क साम्पाङले मागे बालेनको राजिनामा
मेरोन्यूज
२०८३ वैशाख १७ गते ८:४९

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साहको राजिनामा माग गरेका छन् ।
बुधबार मध्यराती सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनको राजिनमा मागेका साम्पाङले बिहीबार बिहान पनि फेरी दोस्रो पटक स्टाटस लेखेर राजिनामा माग गरेका हुन् । उनले विशेषत सुकुम्बासीमाथी बालेन सरकारले अत्याचार गरेको भन्दै आक्रोशित छन् ।
बुधबार उनले लेखेका छन् , ‘बालेनले तुरुन्तै राजिनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो १ गरीबलाई सडकमा पुराउने सरकारको औचित्य सकियो ।’
बिहीबार बिहान फेरी उनले लेखेका छन् , ‘ राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासबिहिन बनाएर बिजोग बनाएको कारण नैतिकताको आधारमा राजिनामा दिनु पर्छ , मैले सुझाएको कुरा मानेको भए बालेनको यो गति हुने थिएन ।’

सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया