निषेधाज्ञामा कडाइ, खाद्यान्न पसल पनि बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्न पसल पनि एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको जानकारी दिए ।
प्रजिअ पराजुलीले भने, ‘‘खाद्यान्न पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौं त्यसकारण कडाइका साथ सबै अत्यावश्यक खाद्यान्न पसल सबै बन्द हुनेछन् ।”
प्रजिअ पराजुलीका अनुसार काठमाडौं उपत्यकामा औषधि, दुध, तरकारी बिहान ९ बजेसम्म खुल्ने त्यसबाहेकका पसल खोल्न पाइनेछैन। यसअघि खुद्रा पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिइएको थियो। अब सबै बन्द गरिने निर्णय गरेको हो । किरना पसलहरु समेत एक हप्ताका लागि बन्द हुनेछ ।
निमार्णसम्बन्धीका कार्यहरु सबै स्थगन हुने समेत पराजुलीले बताए । यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ । मृत्यु संस्कार, विवाहलगायत सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइनेछ ।
विवाहका लागि एउटा सवारी साधन मात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्रु अनुमति दिइने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
















बिपीको मेलमिलापको सान्दर्भिकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लागौँ : माधव नेपाल
निजी क्षेत्रको मनोबल कमजाेर छ, ढुक्क भएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया