बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो

युकेको एल्डरशट र लन्डनमा भइरहेको ‘पाँचौँ ए स्टार नेपाल बास्केटबल लिग २०२६’ ले बास्केटबल प्रेमीहरूको ध्यान तानिरहेको छ । प्रतियोगिता मध्य चरणमा प्रवेश गर्दा खेलहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएका छन् । यसपटकको लिगमा पुरुषतर्फ ११ र महिलातर्फ २ टिम सहभागी छन् ।
प्रतियोगिताअन्तर्गत पाँचौँ साताका खेलहरू निकै प्रतिस्पर्धात्मक रहे, जसमा डीबीएसले ग्रीनफोर्ड नाइट्समाथि ८४–८२ को रोमाञ्चक जित दर्ता ग¥यो । अन्य खेलहरूमा बलर्स स्ल्यामर्सले नर्थोल्ट फ्लेमर्सलाई १०१–८६ ले, ह्याम्पशायर हूपर्सले साउथ आशफोर्ड वुल्भ्सलाई ९७–८० ले र स्यान्डहस्र्ट निक्सले म्याम्बासलाई ८६–५६ ले पराजित गरे । कोलचेस्टर एलिटले पनि हिमालयन हीटलाई ८६–५२ को फराकिलो अन्तरले पन्छाउन सफल भयो ।
व्यक्तिगत प्रदर्शनतर्फ खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । अलि अदनानले प्रति खेल औसत २८.३ अंकका साथ अग्रता लिइरहेका छन् भने सुदन गुरुङले २६.३ र आयुष सिंहले २४.५ अंक प्रति खेलको औसत कायम राखेका छन् । त्यस्तै रबि राई र आयुष गुरुङको प्रदर्शन पनि उत्कृष्ट रहेको छ । अहिलेसम्मको यात्रामा रोशन थकाली, रवि राई, करन लिम्बु, युनियन गुरुङ र आयुष सिंहले क्रमशः पहिलोदेखि पाँचौँ साताको ‘प्लेयर अफ द वीक’ को उपाधि जितिसकेका छन् ।
अंक तालिकामा ग्रीनफोर्ड नाइट्स, स्यान्डहस्र्ट निक्स र कोलचेस्टर एलिट समान ९ अंकका साथ शीर्ष स्थानमा छन् । ह्याम्पशायर हूपर्स ८ अंकसहित उनीहरूलाई पछ्याइरहेको छ भने डीबीएस, बलर्स स्ल्यामर्स र हिमालयन हीटको समान ७ अंक रहेको छ ।
मार्च १५ बाट सुरु भएको यस लिगको सफलताप्रति नेपाल बास्केटबल लिग युकेका अध्यक्ष रुपक गुरुङले खुसी व्यक्त गरे । उनले खेलाडी र दर्शकको उत्साहजनक सहभागिताले आयोजकलाई थप हौसला मिलेको बताउँदै मुख्य प्रायोजक ए स्टार मोर्गेजेज र ए स्टार फाइनान्सियल सलुशन्स युके लगायत सबै सहयोगी हातहरूलाई धन्यवाद दिए ।
प्रतियोगिताको फाइनल खेल आगामी जुलाई ४ तारिखमा ब्रुनेल युनिभर्सिटी अफ लन्डनमा आयोजना हुनेछ ।
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया