अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?

इरानले पाकिस्तानमार्फत अमेरिकालाई पठाइएको इरानको पछिल्लो शान्ति प्रस्तावबारे नयाँ विवरण सार्वजनिक भएका छन्।
अलजजिराले स्रोतहरुलाई उदृत गर्दै इरानी योजनामा तीन मुख्य चरणहरू रहेको उल्लेख गरेको छ । जसअनुसार ३० दिनभित्र युद्धविरामलाई पूर्ण रूपमा युद्ध अन्त्यमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।
यसले इजरायलसमेत समेटिने गैर-आक्रमण प्रतिबद्धताको परिकल्पना गरेको छ । पुनः युद्ध नहोस भन्ने सुनिश्चित गर्दै मध्यपूर्वभर लडाइँ अन्त्य गर्ने उद्देश्य प्रस्तावमा राखिएको छ ।
पहिलो चरणमा क्रमशः होर्मुज जलडमरूमध्य खुला गर्ने र इरानी बन्दरगाहहरूमाथिको अमेरिकी नाकाबन्दी हटाउने प्रस्ताव गरिएको छ। तेहरानले समुद्री बारुद हटाउने जिम्मा लिनेछ।
प्रस्तावको दोस्रो चरणअनुसार, निर्धारित समयसीमापछि इरानले “शून्य–भण्डारण सिद्धान्त” अनुसार ३।६ प्रतिशत स्तरमा युरेनियम समृद्धि पुनः सुरु गर्नेछ।
यस योजनामा अमेरिका र इजरायलले इरान र उसका सहयोगीहरूलाई आक्रमण नगर्ने र त्यसको सट्टामा इरानले पनि आक्रमण नगर्ने व्यवस्था समावेश गरिएको छ।
प्रस्तावले इरानको परमाणु पूर्वाधार भत्काउने वा उसका सुविधाहरू नष्ट गर्ने कुरालाई अस्वीकार गरेको छ। प्रतिबन्ध हटाउने प्रक्रियामा इरानको फ्रिज गरिएको कोष क्रमशः मुक्त गर्ने व्यवस्था समावेश छ।
तेस्रो चरणमा, तेहरानले अरब छिमेकी देशहरूसँग रणनीतिक संवाद सुरु गर्ने र सम्पूर्ण मध्यपूर्वलाई समेट्ने सुरक्षा प्रणाली निर्माण गर्ने प्रस्ताव गरेको अलजजिराले उल्लेख गरेको छ ।
यो प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन्तुष्ट नरहेको विवरणहरु सार्वाजनिक भएका छन् । अर्कोतर्फ इरानले पनि आफुहरुको प्रस्ताव स्विकार गर्न वा युद्ध सुरु गर्न अमेरिकालाई एक रोज्नेमात्रै अवसर रहेको भन्दै कडा प्रतिक्रिया सार्वजनिक गरेको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया