महन्थले उपेन्द्रलाई सोधे ७ बुँदे स्पष्टीकरण
ओलीलाई छाडेर देउवालाई किन रोजेको ?

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
स्पष्टीकरणमा अध्यक्ष ठाकुरले पछिल्लो समयमा एकल अध्यक्षतामा निरन्तर पार्टी केन्द्रीय कार्यकारिणी समितिका बैठकहरू बसी विभिन्न खाले निर्णय किन गरेको भन्ने प्रश्न समेत यादवसँग गरेका छन् ।
यसैगरी, संसदीय दलको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरियो भन्ने प्रश्न गरेका छन् ।
अध्यक्ष ठाकुरले पार्टी निर्णय विपरित सर्वोच्च अदालतमा रिटमा किन हस्ताक्षर गरिएकोमा पनि स्पष्टीकरण सोधेका छन् । ठाकुरले यादवलाई ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफसहित पठाउन अनुरोध गरेका छन् ।

















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया