फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै

जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै फेरि मधेस सरकारमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।
जनमत पार्टीले प्रदेश सरकारप्रतिको आफ्नो समर्थन फिर्ता लिएको औपचारिक पत्र सोमबार प्रदेश प्रमुखको कार्यालयमा बुझाएको छ।
प्रदेश सभामा १२ सदस्य रहेको जनमत पार्टी अहिले सरकारमा पनि सहभागी छ। उसले अर्थ र खेलकुद तथा समाज कल्याण मन्त्रालयसहित दुई महत्वपूर्ण मन्त्रालय सम्हालिरहेको छ।
जनपमत पार्टीका तर्फबाट महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री छन्।
नयाँ राजनीतिक परिस्थिति विकास हुँदा नेपाली कांग्रेस र नेकपाबाहेकको एमाले, जसपा, जनमत र लोसपा सम्मिलित नयाँ सरकार बन्ने तयारी भइरहेको बताइएको छ ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा हाल १ सय जना मात्रै सांसद छन्। एमालेका २४, जसपाकाा १८, जनमतका १२ र लोसपाको ८ सांसदसहित ६२ जना सांसद नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन्।
















राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया