बुधबार, वैशाख २३, २०८३

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति

मेरोन्यूज २०८३ वैशाख २२ गते २०:३६

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति  १० विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । मङ्गलबार विद्यार्थी सङ्गठनहरूसँग सम्बन्धित विषयमा उठेका टिप्पणीहरूलाई गम्भीर रूपमा लिँदै आपसी संवाद र समझदारीमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।

Advertisement
NiccNicc

प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी संगठनलाई ‘स्लिपर सेल’ जस्ताे शब्द प्रयाेग गरिएकाेप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएका हुन् । 

नेपालको विद्यार्थी आन्दोलन ऐतिहासिक रूपमा लोकतन्त्र, अधिकार र सामाजिक परिवर्तनका लागि महत्त्वपूर्ण शक्ति रहँदै आएको उल्लेख गर्दै वक्तव्यमा विगतका सङ्घर्षहरूले वर्तमान व्यवस्थाको निर्माणमा योगदान पुर्‍याएको स्मरण गरिएको छ।

हाल विद्यार्थी आन्दोलनभित्र देखिएका केही चुनौतीहरूलाई स्वीकार गर्दै तिनको सुधार र सुद‌ृढीकरणका लागि विद्यार्थी सङ्गठनहरू प्रतिबद्ध रहेको पनि जनाइएको छ। 

संयुक्त विद्यार्थी आन्दोलनले सरकारसँग आपसी सम्मानका आधारमा वार्ता अघि बढाउन आग्रह गर्दै लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र सहिष्णुतालाई कायम राख्दै साझा समाधान खोज्न सबै पक्षलाई आह्वान गरेको छ।

प्रतिक्रिया