बिहीबार, वैशाख २४, २०८३

फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार

मेरोन्यूज २०८३ वैशाख २४ गते १९:२०

काठमाडौं । कास्कीस्थित फेवातालमा फसेका पाँच भारतीय नागरिकको सकुशल उद्धार गरिएको छ ।

Advertisement
NiccNicc

बिहीबार सशस्त्र प्रहरीको टोलीले उनीहरूको उद्धार गरेकाे हाे ।

पोखरा महानगरपालिका–२२, पुम्दी भुम्दी लेकहाउस नजिकै फेवातालमा अचानक हावाहुरी र छालको कारण उनीहरू डुंगामा फसेका थिए ।

फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनीहरूको सकुशल उद्धार गरेको जनाइएको छ ।

प्रतिक्रिया