अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ

काठमाडौँ । डोटी जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका ४५ वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मंगलबार दिउँसो फरार भएका थिए । उनलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो ।
कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका संकमित पुरुष अस्पतालबाट भागेपछि खोजी गर्न प्रहरीलाई खबर गरेपछि गए राति पक्राउ गरी पुनः अस्पतालमा ल्याइएको डा सुरज श्रेष्ठले जानकारी दिए । उनी अस्पतालबाट भागेपछि गाउँमा अरुलाई पनि कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिएको थियो ।
भागेका संक्रमित पुरुषलाई बडिकेदार गाउँपालिका ५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । अत्यधिक ज्वरो आउने, काँप्ने, हातखुट्टा दुख्नेजस्ता लक्षण देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।
सोमबार गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना संक्रमण देखिएपछि उनी मंगलबार भागेका थिए । आफ्ना कुरुवालाई खाना ल्याउन पठाएर दिउँसो करिब १ बजेको समयमा भागेको अस्पतालले जनाएको छ ।
















काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया