ब्राउन सुगरसहित मायादेबीबाट २ जना पक्राउ

काठमाडौं । कपिलबस्तुको मायादेबी गाउँपालिका ३ बाट अवैध लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय पकडी,कपिलबस्तुका कार्यालय प्रमुख प्रहरी निरीक्षक (ईन्सपेक्टर) कृष्ण बहादुर खत्रीको कमाण्डमा खटिएका मोवाईल गस्ति टोलीले मंगलबार राति ८ बजे रुपन्देही जिल्ला कंचन गाउपालीका ५ बस्ने २७ वर्षीय मदन कुमार दर्लामी मगर र २८ वर्षीय विनोद दर्लामी मगरलाई पक्राउ गरेको हो ।
कपिलबस्तुको मायादेबी गाउँपालिका ३ फुलिका स्थित बरोहिया देखी पचेहरा तर्फ जादै गरेको बा ८० प ९६९० नम्वरको मोटरसाईकलमा सवार पक्राउ परेकाहरुको साथबाट ६ ग्राम ५० मिलि ग्राम लागु औषध (ब्राउन सुगर) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जनाएका छन् । उनीहरुलाई मोटरसाईकल सहित पक्राउ गरी थप अनुसन्धान कार्या अगाडी बडाईएको प्रवक्ता (डिएसपी) भण्डारीले बताए ।
















चितवनमा सहचालकले बस ब्याक गर्दा …
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया