३८ हजार प्रहरीले लगाए कोरोना विरुद्धको खोप

काठमाडाैं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार १६० जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।
विगतमा कोभिसिल्ड पहिलो मात्रा लगाएका प्रहरीलाई दोस्रो मात्रा लगाइएको हो । ६९ हजार बढी प्रहरी छन् ।
अत्यन्त जोखिमपूर्ण रुपमा कार्यस्थलमा खटिने प्रहरीलाई खोप न्यून भइरहेको अवस्थालाई सीमित कोभिसिल्ड खोप निकासा गरी स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो रुपमा बुधबार, विहीबार र शुक्रबार खोप लगाउने व्यवस्था गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
सो क्रममा महानगरीय सशस्त्र प्रहरी गण न २ महाराजगञ्जमा बुधबार र आजसहित प्रहरी प्रधान कार्यालय तथा अन्तर्गतमा कार्यरत जम्मा एक हजार ३११ लाई खोप लगाइएको छ ।
यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका ४३४ , महानगरीय प्रहरी परिसर काठमाडौँ तथा मातहत वृत्तमा समेत गरी एक हजार ४८ , महानगरीय प्रहरी परिसर ललितपुरका २५० र महानगरीय प्रहरी परिसर भक्तपुरमा ३५० लाई कोभिसिल्ड दोस्रो डोज खोप लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबारसमेत थप खोप लगाइने जनाइएको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया