प्रहरी निरिक्षक यादवमाथि घुस लिएर अभियुक्त छाडेको आरोप

बारा । प्रहरीले चोरी मुद्धामा पक्राउ परेका अभियुक्तलाई घुस लिएर छोडेको आरोप लागेको छ
इलाका प्रहरी कार्यालय प्रसौनी, नैतन गण्डकका प्रहरी निरिक्षक विन्देश्वर यादवले चोरीको अभियोगमा पक्राउ परेकाहरुलाई दुई लाख नेपाली रुपैयाँ घुस लिएर छाडेको आरोप लागेको हो । चोरीको आरोपमा पक्राउ परेका उनिहरुलाई मुद्धा नचलाई नियन्त्रणमा लिएको ६ दिनमा रिहा गरेको आरोप लागेको हो ।
प्लाष्टिकको बोरा उत्पादन गर्ने बारा, प्रसौनी गापा ६ भलुहीस्थित जय पशुपतिनाथ इम्पेक्स प्रालिमा गत चैत १४ गते राति भएको थियो। चोरीमा संलग्न पाँचमध्ये ४ जना गत जेठ ७ गते पक्राउ परेका थिए ।
गत जेठ ७ गते चारीको अभियोगमा बारा, परवानीपुर गाउँपालिका २ मुसहरीका २४ वर्षीय सन्नीकुमार मण्डल, २२ वर्षीय मुनिल कुमार र २४ वर्षीय विक्की प्रसाद, वीरगंज १० रानीघाटका रामजीप्रसाद चौहान र भारत, उत्तरप्रदेश बनारसका ३५ वर्षीय शुभम पाण्डेलाई पक्राउ गरेको थियो । चोरीका मुख्य नाइके भनिएका वीरगंज १० रानीघाटकै अरबिन्दकुमार साह फरार छन् ।
गत चैत १४ मै करिब १२ लाख मूल्य बराबरको बोरा उत्पादन गर्ने कच्चा पदार्थ प्लाष्टिक दाना उद्योगकै मजदुर र दुई जना ट्रयाक्टर चालकको सहायतामा चोरी गरी वीरगंजकै बजारमा बेचिएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख दिपेन्द्र शाहीसँग बुझ्दा उनले भने, ‘जाहेरी लिन नमानेको अवस्था चाही हो, उनिहरुलाई उनिहरुलाई छोडेको छैन, प्रहरीले २४ घण्टा भन्दा बढी सधै थुनेर राख्न मिलेन, अहिले उहाँहरु दैनिक रुपमा तारिखमा नै छ । त्यसको बारेमा मैले अझै बुझ्दै छु, मैले साहुजी रौनियारसँग समेत अनुसन्धानमा नै रहेको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया