दुई वर्षभित्र सबै स्थानीय तह क्षयरोगमुक्त

काठमाडाैं । सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त घोषणा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गरेकाे आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मलेरिया, क्षयरोग, एड्स तथा एचआइभी र कुष्टरोग नियन्त्रणका लागि एक खर्ब ४६ करोड विनियोजन गरिएको छ ।
कोभिड–१९ का सङ्क्रमितको रोकथाममा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई प्रदान गरिने जोखिमभत्तालाई निरन्तरता दिइएको छ । औषधि खरिदका लागि रु पाँच अर्ब ६० करोड विनियोजन गरिएको छ ।
विपन्न नागरिकलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, मस्तिष्काघात, सिकसलेस लगायतका रोगमा निःशुल्क औषधि उपचार गर्न रु दुई अर्ब ५० करोड विनियोजन गरिएको छ । चालु आवभित्र काठमाडौँ उपत्यकामा ३०० श्यया र सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पताल सम्पन्न गर्नका लागि रु एक अर्ब ३० करोड विनियोजन गरिएको छ ।
सवै जिल्ला अस्पतालमा प्रसुति र नवजात शिशु स्याहार केन्द्र सञ्चालन ल्याइने उहाँको भनाई रहेको छ । विराटनगर, विरगंज, बुुटबल र धनगढीका सवै सरकारी अस्पतालमा निःसन्तान दम्पतीका लागि आइबिएस सेवा सञ्चालन गरिने वजेट बक्तब्यमा उल्लेख छ ।
यसैगरी आर्थिक बर्षदेखि ३९७ स्थानीय तहका निर्माण गर्न थालिएका अस्पताल दुई बर्षभित्र सम्पन्न गरिने, अस्पताल बन्न बाँकी स्थानीय तहमा आगामी आव २०७८/०७९ बजेट विनियोजन गरिने उल्लेख छ । ती स्थानीय तहमा अस्पताल बनाउनका लागि रु ६ अर्ब १५ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्री पौडेलले बालबालिकालाई १३ प्रकारका खोप लगाई आगामी बर्ष पूर्ण खोपयुक्त मुलुक बनाउने घोषणा गरे । आगामी बर्ष छ लाख २० हजार बालबालिकालाई खोप सेवा उपलब्ध गराइने उल्लेख छ ।


















कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
प्रधानमन्त्रीले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया