सुरक्षित निर्माणको दशवर्षे कार्यक्रम, पुनःनिर्माणमा रु ३३ अर्ब ५५ करोड

काठमाडाैं । भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाका क्षेत्रमा प्राप्त अनुभवका आधारमा आगामी आर्थिक वर्षदेखि सुरक्षित नेपाल निर्माणको दशवर्षे कार्यक्रम शुरु गरिने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज जारी गरेकाे बजेट वक्तव्यमा आर्थिक वर्ष २०७८/२०७९ मा भूकम्पपछिको पुनःनिर्माणमा नेपालले प्राप्त गरेको सफलता र अनुभवलाई आगामी वर्ष अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरी विश्वसामु प्रस्तुत गरिने उल्लेख छ ।
भावी पुस्तालाई भूकम्पसम्बन्धी ज्ञान दिलाउन भूकम्प सङ्ग्रहालयको स्थापना गरिने भएको छ । यो सङ्ग्रहालय धरहरा परिसरमा निर्माण भइरहेको छ । आगामी आवमा थप एक हजार ३०७ विद्यालयका १४ हजार १५५ कक्षाकोठा, १०५ स्वास्थ्य संस्था, १९५ सांस्कृतिक तथा पुरातात्विक सम्पदा र ३६ सरकारी भवन निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
भूकम्पबाट क्षति भएका राष्ट्रपति भवन, बबरमहल, बालमन्दिर, केशरमहल, हरिहरभवन, त्रिचन्द्र कलेजलगायत महत्वपूर्ण भवन तथा पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण तथा प्रबलीकरणलाई तीव्रता दिइने प्रतिबद्धता बजेटमा व्यक्त गरिएको छ । यसैगरी आगामी आर्थिक वर्षमा ३९ स्थानमा एकीकृत बस्ती निर्माण गरिने लक्ष्य राखिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि आगामी पुस १० गतेसम्म रहेकाले त्यसपछि अधुरा आयोजना पूरा गर्न आवश्यक स्रोत र अभिलेखसहित कार्यान्वयनको जिम्मेवारी विषयगत मन्त्रालयमा हस्तान्तरण गरिने भएको छ ।
धरहरा परिसर, सिंहदरबारको प्रबलीकरण एवं काष्ठमण्डपको पुनःनिर्माण प्राधिकरणको समयावधिभित्र सम्पन्न गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए । भूकम्पपछिको पुनःनिर्माणका लागि रु ३३ अर्ब ५५ करोड बजेट विनियोजन भएको छ ।









दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया