बजेट भाषण
हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

सिमकोट । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ ।
बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा राष्ट्रिय राजमार्गमा जोडिने जानकारी दिएका हुन् ।
नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म जोडिन सकिरहेको छैन ।
यस्तै सरकारले बजेट भाषणका क्रममा हुम्लाका सिमकोटसहित डोल्पाको तल्लो डोल्पालगायत क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने जानकारी दिएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको यारीलाई सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने भएको छ । यसैगरी सरकारले यारी, हिल्सा क्षेत्रलाई पहुँचमार्ग निर्माण तथा सुधारका लागि बजेटको व्यवस्था गरेको छ ।
हुम्लासहित देशभरका सबै जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याइने भएको छ ।
मातृ स्वास्थ्यमा सुधार ल्याउन हुम्ला, डोल्पा, मुगु, बझाङलगायत दुर्गम क्षेत्रका २० जिल्लामा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र औषधिको सुविधासहितको मातृ प्रतीक्षागृह सञ्चालन गरिने जनाइएको छ ।













कांग्रेस केन्द्रीय समितिको म्याद थपियो
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया