सुकेटार विमानस्थलको नामकरणप्रति असन्तुष्ट !

ताप्लेजुङ । ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले ताप्लेजुङमा रहेको सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिइएको थियो । निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा ९एमाले० का नेता योगेश भट्टराईले सामाजिक सञ्जलमा भनेका छन्, “ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ ।
यसरी मात्र सहभागिता मूलक लोकतन्त्र बलियो हुन सक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्दछ ।” रासस
प्रतिक्रिया