प्रतिनिधिसभा विघटनको मुद्दा
न्यायधिस श्रेष्ठलाई संवैधानिक इजालसमा राखिएकोमा आज पनि उठ्यो प्रश्न
न्यायधीश बमकुमार श्रेष्ठ संवैधानिक इजालसमा रहने/नरहनेमा बहस, ५ जना कानुन व्यवसायीले १ घण्टाभित्र बहस सक्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायधीश बमकुमार श्रेष्ठलाई राखिएकोमा विपक्षीका तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले आज पनि प्रश्न उठाएका छन् । शुक्रबार नै उनको सहभागितामा प्रश्न उठाएका वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले आज पनि संवैधानिक इजालसको शुरुमै प्रश्न उठाएका हुन् ।
नेकपाको एकता बदर गर्ने निर्णय गरेर राजनीतिक निर्णय गरेको र उनको निर्णयमा असन्तुष्ट पक्ष नै अहिले मुद्दामा रहेको भन्दै बन्दीले उनले अदालतको संवैधानिक इजालस छोड्दा अदालतको मान बढ्ने बताएका थिए ।
शुक्रबारदेखि नै निरन्तर यही मुद्दामा केन्द्रीत भएका बन्दीले प्रश्न उठाएपछि शुक्रबार नै यो विषय विवादमा परेर मुद्दा ‘हेर्दाहेर्दै’मा थियो । आज पनि शुरुमै बन्दील फेरि त्यही विषयलाई इजालसमा प्रवेश गराएका थिए । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लिखितमा आफ्ना धारणा दिन आग्रह गरेका थिए ।
तर विपक्षीका तर्फबाट बहसमा सहभागी हुन पुगेका कानुन व्यवसायी नमानेपछि बहसका लागि समय दिइएको छ । बन्दीले पहिला पनि कुरा उठाएको र आज पनि सोही कुरा रहेको बताएका थिए । त्यसपछि प्रधानन्यायाधीश श्रेष्ठले कति जनाले उक्त विषयमा बहस गर्ने भनेर सोधेका थिए । जवाफमा बन्दीले ५ जना कानुन व्यवसायीले १ घण्टाभित्र बहस सक्ने बताएका थिए । त्यसपछि अहिले न्यायधीश बमकुमार श्रेष्ठ संवैधानिक इजालसमा रहने, नरहनेमा बहस शुरु भएको छ ।










शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मोटोपनले अस्वस्थ महिला, कसरी बच्ने ?
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया