बजेट
खोप लक्ष्य हुनुपर्ने,बजेटमा पैसा पुगेन

काठमाडौँ । आर्थिक वृद्धि नाम मात्रको राखेको छ । ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य कम भयो । कोरोनाको बेला औषधि तथा खोप लक्ष्य हुनुपर्ने त्यसमा पैसा पुगेन । कोभिड-१९ ले पारेको प्रभावलाई नीति तथा कार्यक्रमले उन्मुलन नै गर्नुपर्ने । यो पुगेन ।
हाम्रो कामचलाउ सरकारले यस्ता राहतका खास क्रियाकलाप र कार्यक्रम नल्याएको बेलामा बजेटमै सम्बोधन गर्ला भन्ने अपेक्षा थियो । कोरोनाले संकटमा पारेको अर्थ व्यवस्थालाई माथि उकास्ला भन्ने जुन आमअपेक्षा थियो, त्यसमा तुषारापात भयो ।
बजेट सन्तुलित खालको ल्याउन खोजिएको छ । लक्ष्य बजेटको आकार बढाइनु निर्वाचनलाई केन्द्रविन्दु देखिएको छ । यो राम्रो पक्ष होइन । अल्पकालीन र दीर्घकालीन रूपमा सम्बोधन गर्न खोजिएन । विद्यार्थीको लागि ल्यापटप खरिदमा सुविधा राम्रो छ । यो बाहेक अरु देखिएन राम्रो ।
सरकारी सेवामा बसेकाहले केही राहत पाएका छन् तलव वृद्धिले । यसबाट हुने महँगीमा बजेट ‘साइलेन्स’ भएकोमा आपत्ति लागेको छ ।
सबैभन्दा जटिल पाटो भनेको कार्यान्वयनको पाटो हो । सरकारलाई त्यसका लागि सरकारले के गर्ने हो हेर्न बाँकी छ । कुनैपनि क्षेत्रले बजेटले हामीलाई ठूलो राहत दियो भनेर उत्साहित हुनुपर्ने अवस्था देखिएन ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया