महिलामाथिको हिंसामा क्षम्य हुँदैन : प्रधानमन्त्री ओली
मेरोन्यूज
२०७८ जेठ १६ गते १५:१२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने हिंसा क्षम्य नहुने बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आइतबार बालुवाटारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गालीबेइज्जती, कूप्रथा र कूचलनविरूद्ध संघर्ष जारी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा आमा दिदी बहिनीहरूलाई बोक्सीको आरोप लगाउने जस्तो भ्रम र अन्धविश्वास छ, जानीजानी स्वार्थ, अहंकार र पछौटेपन जे भए पनि क्षम्य हुन सक्दैन ।’
सरकारले बलात्कार र एसिड आक्रमणका विरूद्ध कानुन निर्माण गरेर काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘महिलालाई पुरुषहरूले सकारात्मक सहयोग गर्नुपर्छ । समान अवसर, साथ सहयोग र हौसला दिनुपर्छ । महिला हकअधिकारको आन्दोलन उनीहरूको मात्र हो भनेर पुरूषले सोच्नु हुँदैन ।’
सम्बन्धित










मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया