चीनबाट ८ सय थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री आइपुग्यो
मेरोन्यूज
२०७८ जेठ १६ गते १६:०६

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न चीन सरकारले पठाएको स्वास्थ्य सामाग्री तातोपानी नाका हुँदै नेपाल आइपुगेको छ । यसअघि समेत सहयोग सामाग्री प्रदान गर्दै आएको चीन सरकारले पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको हो ।
चीन सरकारले पठाएको स्वास्थ्य सामाग्रीमा ८ सय अक्सिजन सिलिण्डर, २ सय आइसियू बेड, ४५ भेन्टिलेटर, १० कन्सेनेटर रहेका छन् । यस्तै, १५ हजार कोरोना परीक्षण गर्ने एन्टिजेन किट, २० स्वचालित एनालाइजर, २० वटा अल्ट्रासाउण्डलगायतका सामाग्रीहरू रहेका छन् ।
गत हप्ता मात्रै चीन सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८ सय थान अक्सजिन सिलिण्डर, १० अक्सिजन कन्सेनेटर ५ भेन्टिलेटर २ सय आइसियू बेडसहित १५ हजार एन्टिजेन किटलगायत स्वास्थ्य सामाग्री नेपाल पठाएका थिए ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया