चीनबाट ८ सय थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री आइपुग्यो
मेरोन्यूज
२०७८ जेठ १६ गते १६:०६

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न चीन सरकारले पठाएको स्वास्थ्य सामाग्री तातोपानी नाका हुँदै नेपाल आइपुगेको छ । यसअघि समेत सहयोग सामाग्री प्रदान गर्दै आएको चीन सरकारले पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको हो ।
चीन सरकारले पठाएको स्वास्थ्य सामाग्रीमा ८ सय अक्सिजन सिलिण्डर, २ सय आइसियू बेड, ४५ भेन्टिलेटर, १० कन्सेनेटर रहेका छन् । यस्तै, १५ हजार कोरोना परीक्षण गर्ने एन्टिजेन किट, २० स्वचालित एनालाइजर, २० वटा अल्ट्रासाउण्डलगायतका सामाग्रीहरू रहेका छन् ।
गत हप्ता मात्रै चीन सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८ सय थान अक्सजिन सिलिण्डर, १० अक्सिजन कन्सेनेटर ५ भेन्टिलेटर २ सय आइसियू बेडसहित १५ हजार एन्टिजेन किटलगायत स्वास्थ्य सामाग्री नेपाल पठाएका थिए ।
सम्बन्धित
















चितवनमा सहचालकले बस ब्याक गर्दा …
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया