निषेधाज्ञा उल्लंघन गर्ने १८ सयभन्दा बढी सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौँ । विभिन्न जिल्लामा लागु गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा एक हजार ८०६ वटा सवारी साधन नियन्त्रणमा परेको छ । निषेधाज्ञा उल्लंघन गरेका सवारी साधनलाई प्रहरीले नियन्त्रण गरेको हो ।
तीमध्ये ९४२ वटा गाडी र ८६४ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीले जनाएको छ ।
साथै कोरोना भाइरस (कोभिड–१९) नयाँ भेरियन्टसहितको कोभिड संक्रमणको रोकथाम तथा जोखिम न्युनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ९९२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
३३१ जनालाई जरिवाना
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३३१ जनालाई प्रचलित कानुन जरिवाना गरेको छ । उनीहरूको साथबाट ३३ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ । यस्तै, ३ हजार ७६६ जनालाई रोकेर सम्झाई बुझाई गरिएको छ ।
यस्तै, देशभर सञ्चालित ८९ वटा माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेटसहितको सचेतनामूलक कार्यक्रमअन्तर्गत ६ हजार ९१६ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया