फेरि थप्यो कांग्रेसले क्रियाशील सदस्यताको विवरण बुझाउने म्याद

काठमाडौं । आगामी भदौ ७ देखि १० गतेसम्मका लागि १४औँ महाधिवेशनको मिति तोकेको कांग्रेसले क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने म्याद पुनः थप गरेको छ । देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भइरहेका दुई सय सात स्थानमध्ये क्रियाशीलको विवरण इन्ट्री गर्न बाँकी रहेका एक सय ६ स्थानका लागि पुनः म्याद थपिएको क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालले जानकारी दिए ।
उनका अनुसार अव जेष्ठ २५ गते राती १२ बजेसम्म क्रियाशीलको विवरण अपडेट गरिसक्न र कुनै त्रुटि भएको भए सच्याउन क्रियाशिल सदस्यता छानविन समितिले निर्देशन गरेको छ ।
पटक–पटक सूचित गर्दा पनि क्रियाशीलको विवरण प्राप्त नभएको भन्दै कांग्रेसले १५ वैशाखको रातिदेखि क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्ने सफ्टवेयर बन्द गरेको थियो । अहिलेसम्म करिब आठ लाख सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री भएको छ । नामावली सार्वजनिक भइसकेका ठाउँबाट कसैको नाममा दाबी–विरोध वा उजुरी भए सम्पर्क गर्नसमेत समितिले आग्रह गरेको छ ।
केन्द्रीय समितिले यसअघि निर्धारण गरेको कार्यतालिकाअनुसार ५ असारदेखि वडास्तरबाट अधिवेशन सुरु हुनुपर्ने हो । तर, क्रियाशिल सदस्यताको अझै टुंगो नलाग्दा निर्धारित समयमा महाधिवेशन नहुने पक्का जस्तै भईसकेको कांग्रेसकै नेताहरु बताउँछन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया