फेरि थप्यो कांग्रेसले क्रियाशील सदस्यताको विवरण बुझाउने म्याद

काठमाडौं । आगामी भदौ ७ देखि १० गतेसम्मका लागि १४औँ महाधिवेशनको मिति तोकेको कांग्रेसले क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने म्याद पुनः थप गरेको छ । देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भइरहेका दुई सय सात स्थानमध्ये क्रियाशीलको विवरण इन्ट्री गर्न बाँकी रहेका एक सय ६ स्थानका लागि पुनः म्याद थपिएको क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालले जानकारी दिए ।
उनका अनुसार अव जेष्ठ २५ गते राती १२ बजेसम्म क्रियाशीलको विवरण अपडेट गरिसक्न र कुनै त्रुटि भएको भए सच्याउन क्रियाशिल सदस्यता छानविन समितिले निर्देशन गरेको छ ।
पटक–पटक सूचित गर्दा पनि क्रियाशीलको विवरण प्राप्त नभएको भन्दै कांग्रेसले १५ वैशाखको रातिदेखि क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्ने सफ्टवेयर बन्द गरेको थियो । अहिलेसम्म करिब आठ लाख सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री भएको छ । नामावली सार्वजनिक भइसकेका ठाउँबाट कसैको नाममा दाबी–विरोध वा उजुरी भए सम्पर्क गर्नसमेत समितिले आग्रह गरेको छ ।
केन्द्रीय समितिले यसअघि निर्धारण गरेको कार्यतालिकाअनुसार ५ असारदेखि वडास्तरबाट अधिवेशन सुरु हुनुपर्ने हो । तर, क्रियाशिल सदस्यताको अझै टुंगो नलाग्दा निर्धारित समयमा महाधिवेशन नहुने पक्का जस्तै भईसकेको कांग्रेसकै नेताहरु बताउँछन् ।













विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया