कोरोनाबिरुद्धको ८ लाख खोप लिन आज नेपाली विमान चीन जाँदै

काठमाडौं । नेपाल वायु सेवा निगमको जहाज चीनले अनुदानमा दिने घोषणा गरेको कोभिडबिरुद्धको खोप लिन आज बेइजिङ आज जादै छ । चीन सरकारले अनुदानमा दिन लागेको कोभिडबिरुद्धको १० लाख खोपमध्ये ८ लाख खोप लिन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ आज राति ११ बजे जाने मंगलबार (भोलि) दिउँसो साढे २ बजे खोप लिएर फर्किने कार्य तालिका छ ।
नेपाल वायुसेवा निगमका भाष्कर गौतमले मेरोन्युजसँग भने,“गत जेष्ठ १२ गते चीनले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेकोकामध्ये८ लाख डोज खोप लिन आज राति ११ बजे नेपाल वायु सेवा निगमलाई प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले निर्देशनमा लिन जान लागेको हो ।”
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसंगको टेलिफोन सम्वादपछि चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराएको दोस्रो लटको स्वास्थ्य सामग्रीहरू ८ सय थान अक्सिजन सिलन्डिर, २ सय थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ सय थान एन्टिजेन किट आइतबार तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ ।
सरकारी निकायको सक्रियतामा कोभिड नियन्त्रण र उपचारका लागि विभिन्न देशबाट सहयोग आउने क्रम जारी रहेको छ । थप दुई लाख खोप तिब्बत सरकारले उपलव्ध गराउने बताइएको छ । चीनले यसअघि अनुदानमा ८ लाख डोज भेरोसेल खोप उपलव्ध गराएको थियो ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया