अर्काको पार्टी फुटाउन प्रधानमन्त्रीमा कांग्रेसको दाबी : मन्त्री ढकाल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)लाई विभाजन गराउन नेपाली कांग्रेस महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेर दुई पार्टीलाई विभाजन गराउने खोजेको आरोप लगाएका हुन् ।
सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा (एमाले) र जसपालाई विभाजन गराउने मनसायले कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताए ।
‘आगामी आमनिर्वाचनमा जसपा र नेकपा (एमाले)लाई विभाजनमा लान आफू प्रधानमन्त्री हुने सर्तमा नै यी पार्टीहरू विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरू पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनसायका साथ नेपाली कांग्रेस अरुको घर झगडा गराउनु एकदम गलत कुरा हो,’ उनले भने, ‘दलीय व्यवस्थामा अरू दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ ? योभन्दा गैर लोकतान्त्रिक कुरा अरू केही हुन सक्छ जस्तो मलाई लाग्दैन ।’
मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने बताए । उनले ताजा जनादेशमा जानुको विकल्प नभएको बताउँदै सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडि बढ्ने बताए ।


















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया