काेराेना संक्रमितकाे शव व्यवस्थापनमा नेपाल स्काउट

विराटनगर : नेपाल स्काउटले कोरोना सङ्क्रणबाट निधन भएकाको शव व्यवस्थापनमा सघाउन थालेको छ । स्काउटको प्रदेश नं. १ को राजधानी विराटनगरमा आज स्काउटको प्रदेश तदर्थ समितिका संयोजक रवी खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटकर्मीको टोलीले विराटनगरका ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो ।
यसअघि नै सङ्क्रमितको शव व्यवस्थापनका निम्ति प्रदेश नं. १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो । स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी, रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।
उनका अनुसार शव व्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकलाई अलग्गै बस्ने व्यवस्थापन गरिएको छ । स्काउटले स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले ‘डाक्टर अन कल हेल्पलाइन’ लगायत विभिन्न सेवा पनि सञ्चालन गरिरहेको छ ।















आजको मौसम : कतै वर्षा, कतै हुरी !
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया