चीनले अनुदानमा दिएको खोप आज काठमाडौं आइपुग्दै
मेरोन्यूज
२०७८ जेठ १८ गते ७:५७

काठमाडौं । चीनले अनुदानमा दिएको खोप लिएर नेपाल एयरलाइन्सको चार्टर विमान आज काठमाडौं आउँदैछ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज आज काठमाडौं आइपुग्ने बताइएको छ ।
नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको जानकारी दिए ।
सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले बताए ।
खोप शाखा प्रमुख झलक शर्मा गौतमले चीनको बेइजिङबाट ८ लाख र तिब्बतबाट १ लाख गरी ९ लाख खोप आज नेपाल आइपुग्ने जानकारी दिए ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।
सम्बन्धित













आज सुनकाे भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
काठमाडौँ -५ बाट ईश्वर पोखरेल एकल सिफारिस
तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
जिवनशैलीमा आएको परिवर्तनले पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
प्रतिक्रिया