वीरको नयाँ भवनमा कोरोना संक्रमितको उपचार सुरु
मेरोन्यूज
२०७८ जेठ १८ गते १५:४३

काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । ५०१ बेड क्षमताको भवनमा ५० बेडबाट उपचार सुरु गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले बताए ।
उनका अनुसार अस्पतालमा बुधबारदेखि १०० जनाको उपचार गरिने र यही हप्ता पूर्ण रुपमा सञ्चालन गरिने छ । भवनमा संक्रमितको उपचारका लागि ३०० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । नयाँ भवन सञ्चालनमा आएसँगै ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनलाई भने ननकोभिड अस्पतालको रुपमा छुट्ट्याइएको छ ।
सरकारले देशभर कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्य संस्थाहरुको व्यवस्थापन गर्ने कोभिड युनिफाइड अस्पतालको रुपमा परिणत गरेको छ ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया