मंगलबार, वैशाख ९, २०८२

भारतमा पेट्रोलियम पदार्थको मुल्य बढ्यो

मेरोन्यूज २०७८ जेठ १८ गते १७:५८

काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको मुल्य अमेरिकाको न्युयोर्कभन्दा २ गुणाले महंगो भएको छ । भारतको मुम्बईमा पेट्रोलको प्रतिलिटर १ सय भारतीय रुपैयाँ ७२ पैसा कायम भएको प्रदेश सरकारले जनाएको छ । यो भारतको सबैभन्दा मंहगो मुल्य हो ।

नरेन्द्र मोदी सरकार प्रमुख भएसँगै पेट्रोल र डिजलको मुल्यमा कडाई गरेपछि सन् २०१३ यता सो वस्तुको ६० प्रतिशतले मुल्य वृद्धि भएको हो ।

कोभिड १९ को असरले सबै क्षेत्रको व्यापारमा घाटा ब्यहोर्नुपरेकाले पेट्रोलियम पदार्थ पनि त्यसबाट मुक्त नभएको भारतिय सरकारकाले जनाएको छ ।

भारतीय तेल कम्पनीहरुले मंगलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको जनाएका छन् । सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले पछिल्लो समय पेट्रोलियम पदार्थको वृद्धि गरेका छन् ।

नेपाल आयल निगमले भारतीय आयल निगमसँग कारोबार गर्ने भएकोले त्यसको असर नेपालमा पनि देखिनसक्ने अनुमान गरिएको छ ।

थप पढ्नुहोस्

Petrol now costs almost twice as much in Mumbai than New York

प्रतिक्रिया