कोरोनाविरुद्ध चिनियाँ खोप सिनोभ्याकलाई डब्लुएचओले दियो अनुमति
मेरोन्यूज
२०७८ जेठ १९ गते १२:५१
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनको सिनोभ्याक कम्पनीको कोरोना भाइरस (कोभिड–१९) खोपलाई आपत कालीन प्रयोगको अनुमति दिएको छ । संगठनले अनुमति दिएको चीनको यो खोप दोस्रो हो ।
गत महिना चिनियाँ कम्पनी सिनोफार्मले बनाएको भेरोसेल आपत कालीन प्रयोगको अनुमति दिएको थियो । सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ।
यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्छ । आपत कालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्लुएचओले जनाएको छ ।
सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, मेक्सिको, इन्डोनेशिया, टर्की र थाइल्याण्डमा यसअघि नै लगाउन थालिसकेको थियो ।
सम्बन्धित


















आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया