आगलागी सुरु भएको ३ हप्तापछि समुन्द्रमा डुब्दै पानीजहाज

काठमाडौँ । श्रीलंकाको कोलम्बो बन्दरगाह नजिकै आगो लागेको पानीजहाज डुब्न थालेको छ। जहाजमा भएको रसायन र तेलले उक्त क्षेत्रको सामुद्रिक पारिस्थितिक प्रणालीमा गम्भीर असर पर्ने चिन्ता व्यक्त भइरहेको अवस्थामा जहाज डुब्न सुरु गरेको हो ।
भारतबाट सिंगापुरका लागि हिँडेको उक्त जहाजमा दुई साताअघि आगलागी सुरु भएको थियो । श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स प्रेस पर्ल मालवाहक जहाजमा आगलागीपछि बिस्फोट भएको थियो।
भारतको हाजिरा बन्दरगाहबाट एक हजार ४८६ कन्टेनर सामान बोकेको सिंगापुरको ध्वजावाहक उक्त जहाज मे १५ मा छुटेको थियो । २५ टन नाइट्रिक एसिड र अरू रसायन बोकेका कारण जहाज डुबे खतरा हुने आवाज उठेको थियो ।
जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए । श्रीलंका नौ सैनिक गत मंगलबार उनीहरूलाई उद्धार गरेको थियो।
श्रीलंका र भारतीय नौ सैनिकहरूले जहाजको आगो निभाउन प्रयत्न गरे पनि नसकेको समाचारमा जनाइएको छ । एजेन्सी
















यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया