खनाल-नेपाल समूहको केन्द्रीय समिति बैठक भोलि पनि, आज ४३ नेताले धारणा राखे
पार्टी युवापुस्ताको काँधमा दिन झलनाथ खनालकाे प्रस्ताव
काठमाडाैं । सत्तारूढ दल नेकपा (एमाले) काे झलनाथ खनाल-माधवकुमार नेपाल पक्षाकाे केन्द्रीय कमिटीकाे बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि भाेलि पनि बैठक बस्ने भएकाे छ ।
भर्चुअल माध्यमबाट भएकाे उक्त बैठकमा आज ४३ जना नेताहरुले सुझावसहितका धारणा राखेका थिए । बैठक भोलि बिहान ११ बजेबाट फेरि शुरू हुने एक नेताले जानकारी दिए ।
आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी युवापुस्ताको काँधमा दिन तयार रहेको बताएका थिए । उमेर पुगेकालाई बिदा गरेर नयाँ युवा पुस्ताले आन्दोलन जोगाउने गरी नेतृत्व लिएर हिँड्न उनले आग्रह गरेको थिए ।
बैठकमा बाेल्ने अधिकांश नेताले ओलीले वार्ताका नाममा अल्झाउन खोजेको हो भन्ने धारणा राखेका थिए । उनीहरूले अब छुट्टै पार्टी बनाएर अघि जानुपर्नेमा नेतृत्व तयार हुनुपर्नेमा जाेड दिएका थिए ।
बैठकमा ८८ जना नेताहरु सहभागिता रहेकाे थियाे । बैठकमा पार्टी संस्थापन पक्षसँग संवादमा रहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गाकेर्ण विष्ट पनि सहभागी थिए ।










कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मोटोपनले अस्वस्थ महिला, कसरी बच्ने ?
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया