सोमबार, वैशाख ८, २०८२

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

मेरोन्यूज २०७८ जेठ २१ गते ११:४२

ललितपुर । ललितपुरको एकान्तकुनामा १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र छोरीसँग बस्दै आएका उनले डेरामा बलात्कार गरेको बताइएको छ । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया