आइतबार, चैत २२, २०८२

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

मेरोन्यूज २०७८ जेठ २१ गते ११:४२

ललितपुर । ललितपुरको एकान्तकुनामा १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र छोरीसँग बस्दै आएका उनले डेरामा बलात्कार गरेको बताइएको छ । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया