बलात्कार मुद्दामा ८४ वर्षीय वृद्ध पक्राउ
मेरोन्यूज
२०७८ जेठ २१ गते १२:०१

काठमाडौं । जबरजस्ती करणी मुद्दामा सात वर्ष बढी जेल सजाय पाएका ८४ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ८४ वर्षीय रामु केसीलाई बिहीबार बिहान घरबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार २०७६ मंसिर २६ गते जबरजस्ती करणी मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले ७ वर्ष ५ महिना ८ दिन कैद र दुई लाख २५ हजार जरिवाना सजाय तोकेको थियो ।
अदालतको फैसला लगतै केसी फरार भएका थिए । पक्राउ परेका केसीलाई बिहीबार नै अदालतमा पेश गरिएको थियो । अदालतको आदेश कार्यान्वयनको लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया