डोटीमा गाउँका सबैलाई कोरोना संक्रमण हुँदा उपचारमा समस्या

डोटी । जिल्लाकोे आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा संकमण पुष्टि भएको हो ।
कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ । सिङ्गो गाउँ नै कोरोना संक्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । गाउँका अधिकांश नागरिकलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताए ।
उनले भने, “सिङ्गो गाउँ नै कोभिड संक्रमणले प्रभावित छ, केहीले कोरोना जाँच गर्न मानेका छैनन्, संक्रमितको उपचारमा पनि समस्या छ ।”उनका अनुसार ५२ जना संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी रहेका कारण उपचार गर्नमा झनै समस्या उत्पन्न भएको हो । यतिमात्र नभई एउटै परिवारका छ जनासम्मलाई संक्रमण पुष्टि भएको पाइएको छ । गाउँका अधिकांशलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गर्ने गरेका छन् ।
संक्रमित देखिएका ५२ जनामध्ये अहिलेसम्म कुनै संक्रमितलाई अस्पताल भने भर्ना गरिएको छैन् । संक्रमित देखिएकाहरुमा जटिल खालको स्वास्थ्य समास्या नदेखिएका कारण अस्पताल भर्ना नगरी घरैमा होमआइसोलेशनमा राखिएको सिनियर अहेब खड्काले जानकारी दिए । यस गाउँमा रहेको स्वास्थ्य चौकीमा दुई स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएका कारण संक्रमित देखिएकाको उपचार तथा रेखदेख गर्नमा समस्या उत्पन्न भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितको उपचारका लागि थप स्वास्थ्यकर्मी माग गर्न गाउँपालिकालाई स्वास्थ्य शाखाले आग्रह गरेको छ । रासस
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया