सूर्य जलाएर !
एकदेव अधिकारी
२०७८ जेठ २२ गते १७:३८

भो ! कुरा नगरम् पीडाका
प्रताडनाका अनि शर्मका
लाजका, घृणाका र उन्मादका
प्रतिज्ञा अथवा प्रतिबद्धताका
अनि कुरा नगरम् आदर्शका वा
स्वपनाका जो तिमीले बाडेका थियौ ।
जहाँ तिमी उभिएका थियौ
र, उभ्याएका थियौ हामीलाई,
एउटा चट्टानी स्वाभिमानको शिखरमा
भत्काएर त्यही सबै जे थियो
धुलाम्य बनाई सकेपछि
भो ! कुरै नगरम् तिम्रो पौरूषत्व र वीरताको ।
छिन्नभिन्न पारेर गर्विला गाथाहरू
धुजाधुजा पारेर रक्तरञ्जित इतिहास
अलापेर फेरि भक्ति गानहरू
भो ! नसुनाऊ अब ती आदर्शहरू
अनि यी चर्तिकलाहरू
यी अर्तिकलाहरू निरन्तर
शिष्यहरूले गरेकै छन् नि जयजयकार
गाएकै छन् भजन र स्तुति
त्यसैले भो नसुनाऊ अब ती
बहादुरी र विभिषिकाहरू ।
किनकी जसले
दिउँसै रात पारे
अनि, अन्धकारलाई प्रेम गरे
जसले सूर्यलाई जलाए
र खरानी हात पारे
त्यसैले
भो ! अब कुरै नगरम्
यी बेशरमका बातहरू
भो ! अब कुरै नगरम्
तिम्रा बाध्यताका
रातहरू ।
सम्बन्धित
















यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया