बिहीबार, वैशाख १०, २०८३

आजको राशिफल : ज्येष्ठ २३ गते आइतबार

ज्यो. दिवाकर पन्त २०७८ जेठ २३ गते ६:४६


आज २०७८ साल ज्येष्ठ महिनाको २३ गते आइतबार, ज्येष्ठ कृष्णपक्षको एकादशी तिथि । आज अपरा एकादशी व्रत रहेको छ ।

Advertisement
NiccNicc

मेष
नरमखालको र सितल खालको व्यक्तित्व बन्ने छ । जसले गर्दा अरुले सहज महशुस गर्ने छन् । बोलीमा अलि तिखोपन आउने छ । यसले गर्दा परिवारमा भने झैझगडा उत्पन्न हुन पुग्ने छ । धन सम्पत्ति र पारीवारिक विषयमा परिवारमा तनाव उत्पन्न हुन पुग्ने छ । पेशागत जीवन अनुकुल नै रहने छ । राजनीति, ठेक्कापट्टा, ग्यारेज, निर्माणका सामग्री, गिटी, वालुवा, सिमेण्ट, फलामका वस्तुहरु लगायतका क्षेत्रमा संलग्नहरुलाई समय सकारात्मक बन्ने छ ।

वृष
आत्माविश्वासमा बृद्धि भई दृढ व्यक्तित्व बन्ने छ । सुख, सुविधाको उपयोग गर्न पाइने छ । तर मनमा भने सन्तोष र खुशी हुने छैन् । मनलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । आम्दानीमा भने हल्का बृद्धि हुन जाने छ । पेशागत जीवन मध्यम खालको रहने छ । छोटो यात्रामा निस्कनु पर्ने छ । साझेदारीमा रिएका काममा अबरोध आउने छ । व्यवस्थापन, राजनीति क्षेत्र, श्रम क्षेत्र, निर्माण जगत, फोहर ब्यवस्थापन, कवाडी सामान आदीको व्यापारमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।

मिथुन
परिवारमा बिबाद र समस्या आउने भएकाले उच्च सतर्कतासहित संयमित रहनु होला । बुद्धि र चतुरताको कमि हुन जाने छ । बोलीको प्रभावमा गिरावट आउने छ । आम्दानीमा भने केही सकारात्मक अवस्था रहने छ । भाग्यको साथ कम रहेका कारण नकारात्मक सोचाईहरु आउने छन् । जीवनसाथिको साथसहित काम गरेमा फाइदा मिल्ने छ । शैक्षिक क्षेत्र, अध्यापन, शिक्षण, पत्रकारिता जस्ता क्षेत्रमा संलग्नहरुलाई समय सकारात्मक रहने छ ।

कर्कट
समय संयमित रहनु पर्ने खालको छ । मनोबल कमजोर हुने छ । यसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउँदा कार्यक्षमतामा पनि नकारात्मक अवस्था देखा पर्ने छ । दुविधात्मक ब्यक्तित्व बन्ने छ । निर्णय क्षमतामा पनि ह्रास आउन जाँदा कुनै पनि विषयमा निर्णय लिन नसक्ने अवस्था आउने छ । पेशाप्रति समर्पित हुन भने मन केन्द्रीत हुने छ ।सेक्युरिटी क्षेत्र, रेष्टुरेण्ट, होटल, डान्सबार, बाउन्सर आदीमा कार्यरतहरुलाई समय प्रतिकुल छ ।

सिंह
भाग्यहिनताको अवस्था छ । जसले गर्दा सुख सन्तोषको अभाव हुने छ । समय संयमित रहनु पर्ने खालको छ । शारीरिक रुपमा चोटपटक तथा स्वस्थ्य अवस्थामा आउने समस्याका कारण अस्पतालको खर्च गर्नु पर्ने अवस्था आउन जाने छ । घर घडेरी बेच्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने भएकाले सतर्क रहनु होला । अथ्वा घर घडेरीको विषयमा घाटा लाग्ने अवस्था आउने छ । साझेदारीमा गरिएका काममा द्वन्द देखा पर्न जाने छ । ब्यापार तथा व्यवस्थापनमा संलग्नहरुलाई भने समय नकारात्मक बन्न जाने छैन् ।

कन्या
मनमा अशान्ति तथा पिरलो मात्र महशुस हुने भएकाले ध्यान, जप तप, योगाभ्यास गर्ने तर्फ अग्रसर हुनु होला । मनमा अत्याधिक दुविधा आउने छ । साझेदारीका कामहरुमा पनि कठिनाई उत्पन्न हुन पुग्ने छ । दाम्पत्य जीवनमा समस्या आउने भएकाले दम्पत्तिमा बादबिबादमा नजानु होला । भाग्यको एक हदसम्म साथ रहेकाले वाणिज्य क्षेत्र, व्यवस्थापन, स्टेशनरी जस्ता क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल बन्ने छैन् । कोल्ड ड्रिङ्स, आयात निर्यात, पानीको कारोवार, आइसक्रिमको ब्यापार आदीमा सहभागिहरुलाई समय प्रतिकुल बन्ने छ ।

तुला
जीवनसाथिको साथ सहित काम गरेमा त्यो निकै प्रतिफलमुलक बन्ने छ । साझेदारीमा गरिएका काममा प्रगति हुने छ । फाइदा मिल्ने छ । पितासँग बादबिबाद तथा सोचाई मिल्ने छैन् । त्यसैगरी आफ्नो कार्यालयका बोसहरुसँग पनि बिबाद बढ्ने खालको समय सक्रिय रहेकाले संयमित हुनु होला । श्रम आपूर्ति, पेट्रोलिय पदार्थको कारोवार, फलामजन्य कारोवार, मलको कारोवार, विषादीको कारोवार आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।

वृश्चिक
मनमा दुविधा अत्याधिक आउने छ । यसले गर्दा निर्णय क्षमतामा धेरै गिरावट ल्याउने छ । मनमा नकारात्मक भावनाले घेर्ने भएकाले धार्मिक आध्यात्मिक उपायहरुमा ध्यान केन्द्रीत गर्दा शुभ हुने छ । भाग्यको साथ नरहेकाले संघर्ष धेरै तर प्रतिफल थोरै मात्र प्राप्त हुँदा मनमा निराशा अझ बढ्न पुग्ने छ । पेशागत जीवनमा गम्भीरखाले समस्या देखा पर्न जाने देखिएकाले संयमित भएर पाईला चाल्नु होला । सुरक्षा निकाय, डान्सबार, बाउन्सर, जलविद्युत, होटल, रेष्टुरेण्ट, खेलाडि, बडिगार्ड जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल रहने छ ।

धनु
अध्ययन अध्यापनमा पटक्कै मन जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा शिथिलता आउने छ । सन्तान सुख प्राप्त हुने छैन । सन्तानहरुबाट अपजस आउने छ । शारीरिक कमजोरी अध्याधिक बढ्न जाने र रगतजन्य समस्याले च्याप्न खोज्ने भएकाले शारीरिक अभ्यास र योगाभ्यासमा अनुशासित भएर संलग्न भएमा फाइदा मिल्ने छ । बोलीमा अनावश्यक कडापन बढ्न पुग्ने भएकाले यसप्रति पनि संयमित रहनु होला । संयमित भएर अघि बढ्नु पर्ने समय छ । स्टेशनरी, वाणिज्य, ब्यापार, व्यवस्थापन, पत्रकारिता जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ । तर राजनीति, ठेक्कापट्टामा रहेकाहरुलाई अनुकुल रहने छ ।

मकर
जीवनसाथिको साथ लिएर काम गरेमा उक्त कार्य प्रतिफलमुखी हुने छ । तर दाम्पत्य जीवनमा अनावश्यक बादबिबाद पनि बढ्न जाने भएकाले संयमिताको भने खाँचो देखिन्छ । व्यक्तित्वमा दृढता आउने छ । रिस कडा खालको हुने भएकाले यसबारेमा ध्यान पु¥याउनु होला । पेशागत जीवनमा पनि समस्या आउने छ । साझेदारीमा गरिएका काममा बिबाद देखा पर्ने छ । सौन्दर्यका प्रशाधन, ब्युटिसियन, भान्साको सामानको कारोवार, घरायशी सामानको कारोवार, सजावटका सामानको कारोवार गर्नेहरुलाई समय प्रतिकुल छ ।

कुम्भ
ज्ञान विज्ञानको क्षेत्रमा भने प्रगति हुने छ । बौद्धिक, प्राज्ञिक, धार्मिक क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ । मनमा सुखको अभाषमा बढोत्तरी हुने छ । सन्तान सुख प्राप्त हुने छ । अध्ययन अध्यापनमा मन जाने छ । पेशागत जीवनमा भने संयमित भएर कदम चाल्नु पर्ने समय देखिन्छ । मेहनत र पराक्रमी स्वाभावमा अस्वाभाविक गिरावट आउने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउने छ । यसले गर्दा प्रतिष्पर्धीहरुले हेप्ने भएकाले यसबारे ध्यान दिनु होला ।

मीन
परिवारको साथ रहने छ । बोलीमा नरमपना देखिने छ । जसले गर्दा अरुले तपाई प्रति सकारात्मक धारणा बनाउने छन् । पेशागत जीवनमा भने समस्या आउने भएकाले विचार पु¥याउनु होला । खास गरी ब्यापार गर्नेहरुलाई समय चुनौतिपूर्ण देखिन्छ । अध्यापक, स्टेशनरी, शिक्षा क्षेत्र, शिक्षण, धार्मिक क्षेत्र जस्ता क्षेत्रमा संलग्नहरुलाई समय चुनौतिपूर्ण रहेकाले ध्यान दिनु होला । पढाईमा मन जाने छैन्, खासगरी विद्यार्थी जगतले राम्रो प्रदर्शन गर्न सक्ने छैनन् । विवाहका क्रममा रहेकाहरुले अवरोधको सामना गर्नु पर्ने छ ।

(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया