कर्णालीमा कांग्रेसका दुई मन्त्रीको सपथ आज

सुर्खेत । कर्णाली प्रदेश सरकारमा कांग्रेस आज देखि औपचारिक रुपमा सहभागी हुँदैछ । प्रदेश सरकारमा दुई ओटा मन्त्रालय लिएर कांग्रेसले माओवादी केन्द्रसँग सत्ता साक्षेदारी गर्न लागेको हो । कांग्रेसले पाएको दुई मन्त्रालय अन्र्तगत सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बुढा क्षेत्री र उर्जा जलस्रोत मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई मन्त्री बनाएर पठाउन लागेको छ ।
उनीहरुको सपथ ग्रहण आज हुादैछ ।
आफना नेतालाई सरकारमा पठाउनु अगाडी कांग्रेसले शुक्रवार सरकारमा सहभागी मन्त्रीका लागि १३ बुादे आचारसंहिता समेत बनाएको थियो । मन्त्री बन्न जान लागेका दुवै सांसदलाई उक्त आचारसंहितामा शुक्रवार नै हस्ताक्षर गराएर दल नेताले राखेका छन् ।
दुवै जनाले संसदीय दलको बैठकमा भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री बन्न लागेका सांसदलाई कांग्रेसले आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मीतव्ययितता, शादा जीवनशैली अपनाउनु पर्ने विषय उल्लेख भएको आचारसंहितामा हस्ताक्षर गराएको हो । सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने, मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न नपाइने, कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनै पनि कार्यलाई निरुत्साहित गर्नुपर्ने लगायतका आचारसंहिता बनाएको छ ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई एमालेले दिँदै आएको समर्थन फिर्ता लिएपछि शाहीले विश्वासको मत लिएका थिए । त्यसक्रममा एमालेकै चार सांसदले पार्टीको ह्वीप तोडेर शाहीको पक्षमा मतदान दिएका थिए । त्यस्तै, कांग्रेसले पनि शाहीलाइृ साथ दिएपछि माओवादी केन्द्रको नेतृत्वका नेता शाहीको सरकार जोगिएको थियो ।
त्यसपछि नै कांग्रेस सरकारमा जान लागेको हो ।
गत प्रतिनिधीसभा र प्रदेश सभा चुनावमा एमाले र माओवादी केन्द्रले गठवन्धन बनाएर चुनाव लडेपछि काग्रेस केन्द्र र प्रदेशमा सरकार वाहिर थियो । एमाले माओवादीको गठवन्धन र पार्टी एकता सम्म टुटेपछि चार वर्षपछि काग्रेसलाई सरकारमा जाने बाटो खुलेको हो ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया