मकवानपुरमा गाँजासहित तीन पक्राउ

वाग्मती । मकवानपुरमा निषेधाज्ञाको मौका छोपी प्रतिबन्धित लागुऔषध गाँजाको कारोबार गर्ने तीन जनालाई शनिबार प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ४७ वर्षीय हीराबहादुर मोक्तान, २४ वर्षीय रामबहादुर मोक्तान र सोही ठाउँ बस्ने २४ वर्षीय ठाकुर सुनार छन् । प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षक दीपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका–५ बोटबारीबाट १२ केजी ३०० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको थियो ।
झोलामा गाँजा बोकेर हिँडिरहेका उनीहरूलाई सुरक्षा जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया