ओलीले आज पुनः मन्त्रिपरिषद विस्तार गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को विस्तार गर्न लागेका छन् । एमाले एक नेताका अनुसार ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्ति गर्ने लागेका हुन् ।
मन्त्रिपरिषद विस्तारको विषयमा अहिले बालुवाटारमा छलफल भइरहेको एमालेका नेताले बताए । आज हुने मन्त्रिपरिषद विस्तारमा रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राख्ने सम्भावना छ । बाँकी मन्त्रीहरु आजै नियुक्त गरेर आज साँझ सपथ ग्रहण गर्ने तयारी भइरहेको छ ।
आज मन्त्री हुनेमा महेश बस्नेत, खगराज अधिकारी, पार्वती बिसुंखे र राजबहादुर शाहीको नाम चर्चामा छ । यस्तै, कर्ण थापा, विशाल भट्टराई र राजेन्द्र राई, विद्या भट्टराईको नाम पनि चर्चामा छ । निवर्तमान सांसद नारदमुनि राना मन्त्री बन्ने लगभग पक्का भएको छ । राना कैलालीबाट काँग्रेस नेतृ आरजू राणालाई चुनाव हराएर सांसद भएका हुन् ।
यस्तै एमाले स्रोतका अनुसार माओवादी छाडेर एमालेमा लागेका नेतालाई पनि मन्त्रिपरिषद्मा समेट्ने तयार भइरहेको छ ।









शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया