दाङबाट १ लाख बढी रकम सहित ६ जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ २३ गते १२:२०

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका १५ स्थित गौरी दिप होटलमा जुवा खेलिरहेको अवस्थामा एक लाख बढी रकम सहित ६ जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका दाङले जुवा खेलिरहेको अवस्थमा गएराती १ लाख ३९ हजार सात सय रुपैयाँ सहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षिय सुधिर न्यौपाने, सोही ठाउँ निवासी ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भिम खत्री, २४ वर्षीय होमराज रोका र होटल संचालक २९ वर्षीय दिपक थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
थप कानुनी प्रकृया अगाडि बढाउने प्रहरीले जनाएको छ ।
सम्बन्धित








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया