जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन
मेरोन्यूज
२०७८ जेठ २३ गते १४:५१

जनकपुरधाम । जनता समाजवादी पार्टी जसपाको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जसपाका साँसदहरूको बैठकले राउतलाई संसदीय दलको नेता चयन गरेको हो ।
उनलाई दलको नेता चयन गरिएको आज नै प्रदेशसभा सचिवालयमा जानकारी गराउने तयारी भइरहेको बताइएको छ । दलका उपनेता र प्रमुख सचेतकमा सहमति जुटाउन छलफल जारी राखिएको जनाइएको छ । जसपा प्रदेश २ मा तत्कालीन राजपाका २५ र समाजवादी पार्टीका ३० सांसद प्रदेशसभामा छन् ।
संसदीय दलका नेता राउतलाई चयन गर्नमा तत्कालिन राजपाका ६ साँसद उपस्थित रहेको बताइएको छ । तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जसपा गठन भएको लामो समयसम्म आन्तरिक विवादका कारण संसदीय दलको नेता चयन हुन सकेको थिएन ।
सम्बन्धित
















Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया