सोमबार, जेठ ५, २०८२

जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन

मेरोन्यूज २०७८ जेठ २३ गते १४:५१

जनकपुरधाम । जनता समाजवादी पार्टी जसपाको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जसपाका साँसदहरूको बैठकले राउतलाई संसदीय दलको नेता चयन गरेको हो ।

उनलाई दलको नेता चयन गरिएको आज नै प्रदेशसभा सचिवालयमा जानकारी गराउने तयारी भइरहेको बताइएको छ । दलका उपनेता र प्रमुख सचेतकमा सहमति जुटाउन छलफल जारी राखिएको जनाइएको छ । जसपा प्रदेश २ मा तत्कालीन राजपाका २५ र समाजवादी पार्टीका ३० सांसद प्रदेशसभामा छन् ।

संसदीय दलका नेता राउतलाई चयन गर्नमा तत्कालिन राजपाका ६ साँसद उपस्थित रहेको बताइएको छ । तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जसपा गठन भएको लामो समयसम्म आन्तरिक विवादका कारण संसदीय दलको नेता चयन हुन सकेको थिएन ।

प्रतिक्रिया