२२ दलीय मोर्चाले सरकारलाई दियो चेतावनी

काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सहितका २२ दलले एम.सी.सी. परियोजनाअन्तर्गतको विद्युत्को हाईटेन्सन लाइनका लागि रकम विनियोजन गर्ने तथा विदेश व्यापारको घाटा कम गर्ने भन्ने बहानामा चुरे पहाडको दोहन गरी ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने बजेटठमा आएको योजनाको विरोध जनाएको छ । २२ दलले यी दुई विषय खारेजका लागि संयुक्त रुपमा सहकार्य गर्ने र सरकारले खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आइतबार २२ राजनीतिक सङ्गठनको कार्यगत एकताको तर्फबाट सिपि गजुरेलले वक्तब्य जारी गरेर सरकारका योजना दुवै राष्ट्रघाती भएको दुवैलाई खारेज गर्न सरकारसाग माग गरेका छन् । ‘यदि खारेज गरिएन वा यसलाई फिर्ता लिइएन भने त्यसबाट उन्पन्न हुने सम्पूर्ण परिस्थितिका लागि सरकार जिम्मेवार हुने कुरा पनि हामी स्पष्ट गर्न चाहन्छौं,’ गजुरेलले वक्तब्यमार्फत भनेका छन् ।
यसरी कार्यगत एकता गर्नेमा मोहन विक्रम सिंहको नेकपा (मसाल), मोहन वैद्यको नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सिपि मैनाली नेतृत्वको नेकपा (माले), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतकार राजनीतिक दल तथा मोर्चा छन् ।
















Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया