२२ दलीय मोर्चाले सरकारलाई दियो चेतावनी

काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सहितका २२ दलले एम.सी.सी. परियोजनाअन्तर्गतको विद्युत्को हाईटेन्सन लाइनका लागि रकम विनियोजन गर्ने तथा विदेश व्यापारको घाटा कम गर्ने भन्ने बहानामा चुरे पहाडको दोहन गरी ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने बजेटठमा आएको योजनाको विरोध जनाएको छ । २२ दलले यी दुई विषय खारेजका लागि संयुक्त रुपमा सहकार्य गर्ने र सरकारले खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आइतबार २२ राजनीतिक सङ्गठनको कार्यगत एकताको तर्फबाट सिपि गजुरेलले वक्तब्य जारी गरेर सरकारका योजना दुवै राष्ट्रघाती भएको दुवैलाई खारेज गर्न सरकारसाग माग गरेका छन् । ‘यदि खारेज गरिएन वा यसलाई फिर्ता लिइएन भने त्यसबाट उन्पन्न हुने सम्पूर्ण परिस्थितिका लागि सरकार जिम्मेवार हुने कुरा पनि हामी स्पष्ट गर्न चाहन्छौं,’ गजुरेलले वक्तब्यमार्फत भनेका छन् ।
यसरी कार्यगत एकता गर्नेमा मोहन विक्रम सिंहको नेकपा (मसाल), मोहन वैद्यको नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सिपि मैनाली नेतृत्वको नेकपा (माले), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतकार राजनीतिक दल तथा मोर्चा छन् ।












राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग
दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
फेकनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया