नेपाल पक्षको निष्कर्ष : माग पूरा गर्ने आधार नभए अल्झिनु हुन्न

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिन नहुने बताएको छ ।
संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने खनाल र नेपाल समूहले निष्कर्ष निकालेको छ । केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा आफूहरुका माग कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने नेपाल पक्षको निष्कर्ष छ ।
अन्यथा असंवैधानिक कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेको स्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिन नहुने बैठकको निष्कर्ष रहेको छ । नेपालको संविधान, पार्टीको विधान, कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्नेमा नेपाल पक्षको जोड रहेको छ ।
















रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया