व्यवसायीसँग पैसा असुल्ने डिएसपी काठमाडौँ परिसर तानिए
मेरोन्यूज
२०७८ जेठ २३ गते १५:३४

काठमाडौँ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्का कारबाहीमा परेसँगै उनको जिम्मेवारी खोसिएको छ ।
कार्यक्षमता कमजोर एवं आर्थिक प्रलोभनमा परेर काम गरेको देखिएपछि उनलाई आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँ टेकु तानिएको हो ।
महामारीको बेला पनि पैसा लिएर ठमेलका क्लब बारहरू सञ्चालन गर्न दिएको गुनासोपछि उनीमाथि छानबिन गर्नुपर्ने भन्दै परिसर काठमाडौँले खड्कालाई जिम्मेवारीबाट हटाएको परिसरका एसपी रमेश बस्नेतले बताए ।
खड्कालाई विभागीय कारबाही गर्नुको साथै सोह्रखुट्टे वृत्त प्रमुखबाट हटाइएको हो । उनी आइतबारदेखि नै महानगरीय प्रहरी परिसर टेकु हाजिर भएका छन् । खड्का १६ महिनादेखि साह्रखुट्टे वृत्त प्रमुख थिए ।
अहिले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा खड्काको ठाउँमा कसैलाई पठाइएको छैन ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया