माधव नेपाल समुहको निश्कर्ष
परिणामविहीन वार्ता र एकताको नाममा अलमलिनु हुन्न, वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने हुन्छ (पारित प्रस्तावसहित)
केन्द्रीय कमिटीका सदस्यहरुको भेलाबाट प्राप्त सुझाव समेटेर नेपाल पक्षले १० वुँदे प्रस्ताव पारित गरेको छ

काठमाडौं । सत्तारुढ दल एमालेभित्रै अन्तरसंर्घष गरिरहेको माधव नेपाल र झलनाथ खनाल समुहले बाध्य भएर आफुहरु वैकल्पिक बाटो अवलम्वन गर्नुपर्ने अवस्थामा पुगेको निश्कर्ष निकालेको छ ।
दुई दिन सम्म आफु पक्षका केन्द्रीय सदस्यहरुसँगको छलफल र त्यसपछि बसेको स्थायी समिति बैठकपछि पारित गरेको समसमायिक प्रस्तावमा नेपाल खनाल पक्षले नेपालको संविधान, पार्टीको विधान र कम्युनिष्ट आन्दोलन एवम् लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने अवस्था आएको बताएको छ ।
‘असंवैधानिक किसिमले प्रतिनिधि सभा विघटन गरी आमनिर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेकोस्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षडयन्त्रपूर्ण जालझेलमा अलमलिनु नहुने स्पष्ट छ,’ नेपाल खनाल पक्षले बैठकबाट पारित गरेको १० बुँदे प्रस्तावमा भनिएको छ,-‘यस्तो स्थितिमा हामीले नेपालको संविधान, पार्टीको विधान र कम्युनिष्ट आन्दोलन एवम् लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने हुन्छ ।’
आफुहरु पार्टीको एकता तथा सार्थक र परिणाममुखी वार्ताको पक्षमा रहेको भन्दै यो पक्षले केपी ओलीबाट गत फागुन २८ गते पार्टी विधान विपरीत गरिएको फुटपरस्त निर्णय पछि तीन महिना बित्न थालिसकेका र यस अवधिमा प्रधानमन्त्री समेत रहनु भएका केपी ओलीबाट नेपालको संविधान र पार्टीको विधान विपरीत विभिन्न गतिविधि भएका र पार्टीमा एकता कायम गर्ने दिशामा उन्मुख हुनुको साटो अन्तरविरोध र विभाजन बढाउने कामकुरा मात्रै गरिएको बताएका छन् ।
आफुहरुले अघि सारेका मागमा तत्काल निश्चित समयावधिमा विश्वनीय रुपमा कार्यान्वयन हुनेगरी सहमति सार्वजनिक भएमात्र अध्यक्ष केपी ओली पार्टी एकताको पक्षमा रहनुभएको ठहरिने नेपाल खनाल पक्षको भनाई छ ।
केन्द्रदेखि स्थानीय तहसम्म कथित स्पष्टीकरण, निलम्बन र निष्काशन लगायतका सबै कार्वाईहरु तत्काल खारेज गरिनुपर्ने अन्यथा असंवैधानिक किसिमले प्रतिनिधि सभा विघटन गरी आमनिर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेकोस्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षडयन्त्रपूर्ण जालझेलमा अलमलिनु नहुने आफनो पक्षको स्पष्ट मान्यता रहेको खनाल नेपाल पक्षले जनाएको छ ।
हेर्नुहोस केन्द्रीय समिति बैठकपछि पारित गरेको प्रस्ताव
















रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया