सरकार पक्षका वकिल धेरै बोल्न खोजेपछि न्यायाधीशले भने : अब निवेदक पक्षको कुरा सुनौँ

काठमाडौँ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनलगायत मुद्दाबारे सवाल जवाफ भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईमाथि प्रश्न उठाएका छन् ।
उनीहरूले यसअघि नै अहिलेका मुद्दामा राय दिइसकेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठाएका हुन् । यसप्रति जवाफ दिँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सबै न्यायाधीशले मुद्दा हेर्न नमिल्न भन्नु कसुरजन्य कुरा भएको बताएका थिए ।
खाजापछिको बसहमा समेत सरकारी वकिलले कुरा गर्न उठेपछि न्यायाधीश ईश्वर खतिवडाले रिट निवेदकका पक्षको वकिलको कुरा सुन्ने भन्दै उनीहरूलाई बस्न लगाएका थिए । ‘जे भइरहेको छ, हामीलाई कम्फरटेबल भइरहेको छैन, तपाईंहरूको कुरा धेरै भयो, अब निवेदक पक्षको कुरा सुनौँ,’ उनले भने ।
न्यायाधीश खतिवडाले सरकार पक्षका वकिललाई बस्न भनेपछि रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले बहस गरिरहेका छन् ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया