सोमबार, चैत ९, २०८२

पार्टी एकताका लागि अध्यक्ष ओलीको वक्तव्य सकारात्मक : योगेश भट्टराई

मेरोन्यूज २०७८ जेठ २३ गते २२:१३

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको वक्तव्य सकारात्मक भएको बताएका छन् । ओलीले आइतबार राति पार्टी एकताको आह्वान गर्दै वक्तव्य जारी गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

अध्यक्ष ओलीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिएमा जेठ ३, २०७५ मा नै पार्टी फर्किने जानकारी दिएका थिए । ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नु भएको आह्वन मूलत सकारात्मक छ,’ नेता भट्टराईले भने, ‘कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुन निरन्तरता दिन बाटो खुलेको छ, पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप विषयहरुलाई समाधान गर्ने छ ।’

उनले सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलत संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्षमा पुग्नु उपयुक्त हुने बताए ।

सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेत्रित्वका बिचमा सार्थक संवाद हुने विश्वास लिएको भन्दै उनले भने, ‘नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।’

प्रतिक्रिया