पार्टी एकताका लागि अध्यक्ष ओलीको वक्तव्य सकारात्मक : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको वक्तव्य सकारात्मक भएको बताएका छन् । ओलीले आइतबार राति पार्टी एकताको आह्वान गर्दै वक्तव्य जारी गरेका थिए ।
अध्यक्ष ओलीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिएमा जेठ ३, २०७५ मा नै पार्टी फर्किने जानकारी दिएका थिए । ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नु भएको आह्वन मूलत सकारात्मक छ,’ नेता भट्टराईले भने, ‘कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुन निरन्तरता दिन बाटो खुलेको छ, पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप विषयहरुलाई समाधान गर्ने छ ।’
उनले सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलत संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्षमा पुग्नु उपयुक्त हुने बताए ।
सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेत्रित्वका बिचमा सार्थक संवाद हुने विश्वास लिएको भन्दै उनले भने, ‘नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।’













गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने
सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो
ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया