क्षेत्रपाटीस्थित थोक बजारमा औषधी खरिद गर्नेको भीड (फोटो फिचर)
जुली गिरी
२०७८ जेठ २४ गते ९:५९

काठमाडौं । निषेधाज्ञा बेला पनि भीडभाड हुने यो ठाउँ हो, क्षेत्रपाटी। यो काठमाडौंको औषधि थोक बजार हो । यहाँ आएपछि औषधी किन्न आउनेको भीडले निषेधाज्ञा छ भन्ने नै भुलाउँछ ।
अरूतिर पसलमा चौबीसै घन्टा ताल्चा लागेका बेला यहाँ बिहान १० बजे नै धमाधम सटर खुल्छन्। व्यापार अरू बेलाजस्तै छ।
क्रेताहरू सामान किनिरहेका हुन्छन्, बिक्रेता बेचिरहेका हुन्छन्। सामान किनबेच र ओसार पसारले गर्दा चहलपहल निकै हुने गरेको छ ।
कतै सामान लोड भइरहेका छन्, कतै अनलोड गरिँदैछ। अहिले कोरोना संक्रमणबाट बच्न मास्क, स्यानिटाइजर, अक्सिमिटरदेखि विभिन्न किसिमका औषधिको माग बढेको छ।
उपत्यकाभित्र र बाहिरबाट समेत माग आउने क्रम बढेको बिक्रेता बताउँछन्। क्षेत्रपाटीका यी थोक पसलबाट देशभरका अस्पताल र मेडिकलमा औषधि आपूर्ति हुँदै आएको छ।












जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















Child killed in accident
चितवनमा सहचालकले बस ब्याक गर्दा …
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया